Automatic language translation
Our website uses an automatic service to translate our content into different languages. These translations should be used as a guide only. See our Accessibility page for further information.
यौन सहमति
यदि तपाईं वा तपाईंले चिन्ने कोही तत्काल खतरामा हुनुहुन्छ भने, तीनवटा शून्य (०००) मा पुलिसलाई फोन गर्नुहोस्।
न्यू साउथ वेल्समा, सहमति यौन अपराध कानूनको आधारभूत भाग हो। जब कसैले यौन सम्बन्ध वा यौन स्पर्श लगायत यौन कार्य मा सहमति जनाउदैन भने त्यो यौन अपराध हुन्छ।
व्यक्तिले यौन गतिविधिमा सहमति जनाउछन् जब,यौन गतिविधिकै समयमा,उनी स्वतन्त्र रूपमा र स्वेच्छाले यौन गतिविधिमा सहमत हुन्छन्।
यौन कार्यको अवधि भरी लगायत हरेक पटक सहमति जनाएकै हुनुपर्छ । एउटा कार्यमा सहमत हुँदैमा अर्को कार्यलाई पनि सहमति दिएको भन्ने हुँदैन। एउटा व्यक्तिसँग यौन कार्यमा सहमतिको अर्थ फरक व्यक्तिसँग वा एउटै व्यक्तिसँग फरक अवसरमा यौन कार्यमा सहमति दिएको भन्ने हुँदैन। सहमति कुनै पनि समयमा फिर्ता लिन सकिन्छ।
व्यक्तिले सहमति जनाउन केहि भन्न वा गर्नै पर्छ। सहमति शब्दहरू वा इशाराहरूबाट दिन सकिन्छ।
कानूनले केही परिस्थितिहरूलाई मान्यता दिन्छ जहाँ कुनै सहमति हुदैन, जसमा यदि व्यक्ति:
यौन अपराधको अपराधिक कारबाहीमा, यौन गतिविधिमा उजुरीकर्ताले सहमति जनाएका थिएनन् र दोषी व्यक्तिलाई सहमति नभएको थाहा थियो भनेर अभियोगकर्ताले उचित शंका भन्दा बाहिर (बियोंड रिज़नेबल डाउट) प्रमाणित गर्नुपर्छ। दोषी व्यक्तिलाई थाहा थियो की त्यहाँ कुनै सहमति थिएन भन्ने बुझिन्छ यदि:
यदि दोषी व्यक्तिले, यौन गतिविधि अघि वा यौन गतिविधि को बेला उचित समय भित्र, अर्को व्यक्तिले सहमति दिइरहेको छ कि छैन भनेर पत्ता लगाउनको लागि बोलेन वा केही गरेन भने सहमतिमा विश्वास गर्नु उचित हुँदैन। यदि एक दोषी व्यक्तिको महत्वपूर्ण मानसिक स्वास्थ्यमा हानी वा संज्ञानात्मक दुर्बलता छ भने यस आवश्यकतामा अपवाद हुन्छ ।
सहमति सम्बन्धी नया कानूनहरू १ जून २०२२ देखि लागु भयो । यौन अपराधको सम्बन्धमा सहमति अब Crimes Act 1900 को भाग ३, डिभिजन १०, उपडिभिजन १ए द्वारा शासित छ।
तपाईंसँग अर्को व्यक्तिको सहमति छ भनी सुनिश्चित गर्नु भनेको सञ्चारको निरन्तर प्रक्रिया हो। न्यू साउथ वेल्स सरकारको Make No Doubt अभियानले यौन सहमतिको बारेमा सकारात्मक कुराकानीलाई प्रोत्साहन गर्छ।
यदि तपाईं वा तपाईंले चिन्नु हुने कोही यौन हिंसा बाट पीड़ित हुनुहुन्छ भने सहयोग उपलब्ध छ ।
यदि तपाईंलाई दोभासे वा अनुबाद सेवा चाहिएमा ट्रांस्लेटिङ एंड इंटरप्रेटिंग सर्विस (TIS National) मा 131 450 मा फोन गर्नु होला। यो सेवा निशूल्क छ।
1800 737 732 मा फोन गर्नुहोस
1800RESPECT ले सुरक्षा योजना, परामर्श, जानकारी, र सिफ़ारिस सहित यौन हिंसाबाट प्रभावित व्यक्तिहरूलाई २४ घण्टा ७ दिन नै सहयोग प्रदान गर्दछ।
न्यू साउथ वेल्स यौन हिंसा हेल्पलाइन
1800 424 017 मा फोन गर्नुहोस
न्यू साउथ वेल्स यौन हिंसा हेल्पलाइन ले न्यू साउथ वेल्स मा यौन हिंसाबाट पीड़ित लाई (साथीभाई, परिवार र सहयोगीहरू सहित) लाई २४ घण्टा ७ दिन नै सेवा प्रदान गर्छ।
Immigrant Women's Speakout Association
(02) 9635 8022 मा फोन गर्नुहोस
संघले न्यू साउथ वेल्समा आप्रवासी र शरणार्थी महिलाहरूको लागि जानकारी र सिफारिसहरू प्रदान गर्दछ।
यदि तपाईं बहिरो हूनुहुन्छ वा कान सुन्न गाह्रो छ भने National Relay Service लाई 1300 555 727 मा फोन गर्नुहोस ।
Last updated: